पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै बम विस्फोट, ९ को मृत्यु २७

335
  •  
  •  
  •  

१ चैत : पाकिस्तानको लाहोरमा आत्मघाती बम विस्फोटमा ९ जनाको मृत्य भएको छ भने २७ जना घाइते भएका छन्।
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै रहेको प्रहरी चेकपष्टमा भएको आत्मघाती आक्रमणमा परी पाँच प्रहरीसहित ९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था पीटिआईले जनाएको छ।
नवाज शरिफ घरमा नभए पनि उनका परिवार घरैमा रहेको पन्जाब प्रहरी प्रमुख डाक्टर हदिर अस्रफले जनाएका छन्। एक युवाले आत्मघाती विष्फोट गराएको पुष्टि भएको उनले बताए घाइतेको लाहोर स्थित शरिफ मेडिकल सेन्टरमा उपचार भइरहेको जनाइएको र घाइते मध्ये १४ जनाको अवस्था गम्भिर रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।

  •  
  •  
  •