भारतीय दूतावासकाे सम्पर्क कार्यालयमा बम विस्फोट पछि राजमार्गमा पनि विस्फाेटकाे प्रयास

492
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : भारतीय दूतावासकाे सम्पर्क कार्यालयमा बम विस्फोट पछि राजमार्गमा पनि बम विस्फाेटकाे प्रयास भएकाे छ। विराटनगरमा रहेको भारतीय दूतावासकाे सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको १२ घण्टा नवित्दै राजमार्गमा फेरि अर्को बम फेला परेको छ । मंगलबार बिहानै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दर हरैचाको गछियामा बम फेला परेको हो ।

बम फेला पारिएकाे स्थानमा अावश्यक सुरक्षाकर्मी परिचालित गरिएकाे छ।बमलार्इ डिस्पोज गर्न नेपाली सेनाको टोली घटना स्थलमा पुगेकाे प्रहरीले जनाएकाे छ। राजमार्गको पुलमा बम राखिएपछि अहिले यो क्षेत्रमा सवारी साधन आवागमन राेक लगाइएकाे छ।

यसअघि भारतीय दूतावास सम्पर्क कार्यालयमा सोमबार साँझ बम विस्फोट भएको थियो । बम विस्फोट गर्ने मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ। तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।


  •  
  •  
  •