ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

48
  •  
  •  
  •  

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ।

शनिबार राति एक बजे पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको छ ।

साथै घटनास्थल नजिकै एउटा बम पनि फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको प्रहरीले जनाएको छ ।

घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुलिसकेको छैन। घटनास्थलमा कुनै पर्चा, पम्प्लेट नभेटिएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •