वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट

५ जना घाइते, चिरायू अस्पतालमा उपचार हुँदै
514
  •  
  •  
  •  

काठमाडौं, २५ फागनु(ओएनएस) : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराइएको छ ।

शुक्रबार साँझ काठमाडौंको बसुन्धारामा रहेको गुरुङको घरमा नचिनेका मानिसको समूहले बम विस्फोट गराएका हुन् ।

विस्फोटमा परि ५ जना घाइते भएका छन् । घटनामा काठमाडौं महानगरपालिका–३, का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका हुन् । अर्का एक जनाको नाम खुलेको छैन ।

उनीहरुको चिरायू अस्पतालमा उपचार भएको छ । शुक्रबार बेलुका बम विस्फोटपछि लागेको आगो साढे ८ बजेतिर स्थानीय बासिन्दा र दुईवटा दमकलको सहायतामा नियन्त्रणमा आएको थियो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार विस्फोटबाट बा १० च ६७८९ नम्बरको गाडी जलेर नष्ट भएको छ भने घरका सिसा, ढोका र सटरमा क्षति पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।


  •  
  •  
  •