गाउँपालिका कार्यालय नजिकै सकेट बम फेला

403
  •  
  •  
  •  

रोल्पा, २३ फागुन(ओएनएस) : रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ ।

फाइल तस्बिर

जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

मंगलवार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।


  •  
  •  
  •