माइतीघरमण्डलमा सकेट बम भेटियो

221
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको माइतीघरमण्डलमा बुधबार बिहान सकेट बम भेटिएको छ ।

फाइल तस्बिर

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका–११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि सकेट बम भएको हो ।

उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले उक्त बम राति नै कसैले राखेको हुन सक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •