नगरपालिका परिसरमा भेटिएको बम निष्क्रिय

495
  •  
  •  
  •  

तनहुँ, ६ वैशाख(ओएनएस) : तनहुँको भिमाद नगरपालिका परिसरमा शुक्रबार बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

फाइल तस्बिर

अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।
इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिएका छन् ।

बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले बम राखेको अनुमान गरिएको छ ।
यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •