किन बन्छन् बलिउड अभिनेत्री दोस्रो र तेस्रो श्रीमती ?

332
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) :बलिउड अभिनेत्रीको ‘रिल’ लाईफ जती चर्चित छ । रियल लाईफ पनि त्यत्तिकै चर्चाको बिषय बनेकाछन् । बास्तविक जीवनमा द्रोसो र तेस्रो पत्नीका रुपमा घरगृहस्थी चलाउनुलाई उनीहरुको कमजोरीका रुपमा भारतिय संचारमाध्यमले चर्चा चलाएको छ ।

one4श्रीदेवी कुनै समय बलियडमा सुपरहिट थिइन् । मिथुन चक्रवर्तीसँगको अफेयरको चर्चा चल्दै गर्दा उनी निर्देशक बोनी कपुरको द्रोस्रो पत्नी बनेर बैबाहिक बन्धनमा बाधिइन् । दुई सन्तानका बाबु बनिसकेका बोनी श्रीदेवीको मायामा परेर पहिलो वैवाहिकसम्बन्धलाई टुङ्गाउदै श्रीदेवीसँग नजिक बनेका थिए ।

one 2दोस्रो श्रीमतीको ग्रुपमा अभिनेत्री रानी मुर्खजी समेत समाबेश भएकीछन् । रानीले निर्माता आदित्य चोपडासँग सन् २०१४ मा इटलीमा गोप्य बिबाह गरे । पहिलो पत्नीसँगको सम्बन्ध टुङ्गाउन लामो समय लागेपछि आदित्य र रानी एकआपसमा बिकास भएको सम्बन्धलाई गोप्य राखेका थिए ।

one 3सन् २००७ मा ब्रिटिस रियालिटी शो बिग ब्रदरको टाइटल जिते लगत्तै अभिनेत्री शिल्पा र व्यापारी राजकुन्द्राका बिचमा अफेयर सुरुभएको थियो । त्यतिबेला राज विवाहित थिए । राजकी पहिलो पत्नी कविताले शिल्पालाई आफ्नो घर बर्बाद गरेको आरोप लगाएकी थिइन् ।

५ बर्षको डेटिङ पछि अभिनेत्री करिना कपुरले विवाह गरिन्, त्यो पनि दोस्रो श्रीमती बनेर । शैफ अलि खानको अभिनेत्री अमृताका साथ दुई सन्तान छन् ।

अभिनेता संजय दत्तको तेस्रो श्रीमती बनेर भित्रिइन् मान्यता । संजयले पहिलो श्रीमतीको निधन पछि रिया पिल्लईसँग विवाह गरेका थिए । उनीसँगको सहकार्यलाई टुङ्गाउदै उनी मान्यतासँग नजिक हुन पुगेकोहुन् ।one 6

अभिनेत्री बिद्या बालनलाई समेत तेस्रो श्रीमतीको दर्जा मिलेको छ । सीइओ सिद्धार्थसँग उनले सन् २०१२ मा विवाह गरेकीहुन् ।


  •  
  •  
  •