आफन्तले नै महिलालाई दिसा खुवाए

83
  •  
  •  
  •  

काठमाडौं २३ असोज
म्याग्दीमा एक महिलालाई आज आफन्तले दुव्यर्वहार गर्दै दिसा खुवाएका छन्। बेनी नगरपालिका– ७ क्याम्पस चोककी ४२ वर्षीया कोपिला बानियाँलाई उनकी आमाजू र भान्जीले दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 बानियाँलाई स्थानीय ५० वर्षीया मैती थापा र २५ वर्षीया विस्सु केसीले दिसा खुवाएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए।

पसलमा बसिरहेकी बानियाँलाई दिसा खुवाएको जानकारी पाएपछि थापा र उनकी छोरी केसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए। ‘दिसा खुवाउने र पीडित दुवै पक्ष प्रहरी कार्यालयमा छन्,’ उपाध्यायले भने– ‘घटनाको कारण पत्ता लगाई दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ।’

थापा बानियाँकी आमाजू र केसी भान्जी पर्छिन्। उनीहरु छिमेकीसमेत हुन्। प्रहरी कार्यालयमा पुग्दासमेत बानियाँले लगाएको कपडा, अनुहार र छातीमा दिसा देखिन्थ्यो भने उनी रोइरहेकी थिइन्। उनको शरीर दिसाले दुर्गन्धित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा संलग्नले बानियाँलाई दिसा खुवाएको स्वीकार गरेका छन्। आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्न जाँदा बानियाँले अपशब्द प्रयोग गरेकाले आमाले दिसा खुवाएको प्रहरी कार्यालयमा पुगेका सञ्चारकर्मीलाई केसीले प्रतिक्रिया दिए

पीडित कोपिलाका श्रीमान् यामबहादुर बानियाँले एक वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा कोपिलालाई बोक्सीको आरोप लगाएपछि मनमुटाव भएको र सोही विषयलाई लिएर श्रीमतीलाई दिसा खुवाएको बताए।

पीडित र पीडक पक्षका अनुसार यसअघि घरपरिवार र आफन्तका सदस्यबीच मनमुटाव साम्य पार्ने प्रयास भए पनि सफल हुन सकेका छैनन् । नागरिकबाट


  •  
  •  
  •