प्रधानमन्त्री कोइरालाद्वारा बोगटीको स्वास्थ्य स्थितिबारे जानकारी

75
  •  
  •  
  •  

काठमाडौँ, २९ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले हृदयघात भई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना हुनुभएका एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । बोगटीको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री कोइराला आइतवार बिहान नर्भिक अस्पताल पुगेका थिए ।

सो क्रममा प्रधानमन्त्री कोइरालाले उपचारमा संलग्न चिकित्सकहरूसँग बोगटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ाप्रधानमनन्त्रीले बोगटीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकहरूले नेता बोगटीलाई तत्काल बाहिर लैजाने अवस्था नरहेको र नेपालमै हरसम्भव उपाय अवलम्बन गरिएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले बोगटीका परिवारजनलाई उपचारमा सरकारले हरसम्भव उपाय अपनाउन सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । यसैबीचप्र धानमन्त्री कोइरालाले आइतवार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरी नेता बोगटीको स्वास्थ्योपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।


  •  
  •  
  •