राष्ट्रिय सम्मानका साथ बोगटीको अन्त्येस्टि

127
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : सोमबार निधन भएका एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीको पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सरकारले उनलाई राष्ट्रिय सम्मान दिएको छ । नेपाल प्रहरीको एक टोलीले सलामी _AKD8828दिएको थियो । दागबत्ति बोगटीकी दुईवटी छोरीले दिएकी छन् । बोगटीका छोरा द्वन्द्वका क्रममा मारिएका थिए ।

सोमबार विहान उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको थियो । सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरिर पार्टी मुख्यालय पेरिसडाँडामा राखेपछि १ बजेसम्म खुलामञ्चमा राखिएको थियो । खुलामञ्चबाट शव यात्रा गरी पशुपति पुर्याइएको थियो ।

श्रद्धाञ्जलिका लागि एमाओवादी अध्यक्ष दाहाललगायत कांग्रेस, एमालेकानेताहरु, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य पनि पशुपति पुगेका थिए ।


  •  
  •  
  •