दिदीका प्रेमीले गरे मिस होण्डुरसको हत्या, गाडे दुवैको शव

207
  •  
  •  
  •  

miss honduras mariyaकाठमाडौ, ४ मंसिर(एजेन्सी) : मिस होण्डुरस मारिया जोस अलवारेडो र उनकी बहिनी सोफियाको शव नदी किनारमा गाडेको अवस्थामा भेटिएको छ । सात पहिले एक जन्मदिनको पार्टीमा गएका दुवै दिदीबहिनी हराएका थिए । प्रहरीले यस घटनामा सोफियाका प्रेमीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १९ वर्षीय मारिया र२३ वर्षीया सोफियाको गोली हानी हत्या गरिएको हो । हत्यापछि दुवैको शव एउटा नदीको किनारमा लगेर गाडिएको थियो । मिस होण्डुरस लण्डनमा हुने  मिस वर्ल्ड प्रतियोगितामा भाग लिनका लागि तयारी गरिरहेकी थिइन् ।

miss honduras mariya1प्रहरीका अनुसार सोफियाका प्रेमी प्लूटेरेको एण्टोनियो रूइजले आफ्नो अपराध स्विकार गरेका छन् । उनका अनुसार सोफिया अर्कै एक युवकसँग नाचिरहेकी थिइन्, यसले उनको रिसको पारो निकै बढ्यो र उनले पेस्तोल निकालेर सोफियाको हत्या गरिदिए । उक्त समयमा आफूलाई बचाएर त्यहाँबाट भाग्न लागेकी मारियालाई पनि गोली प्रहार गरि हत्या गरिदिए । पछि दुवैको शवलाई नदीको किनारमा गाडिदिए ।

प्रहरीले यस घटनामा प्रेमीको साथीलाई पनि पक्राउ गरिएको छ । मृतक दिदीबहिनीकी आमाका अनुसार घटनापछिको दिन प्लुटेरेको उनको घरमा आएका थिए र राती पार्टीपछी दिदीबहिनी नै कोही अरूको कारमा गएको बताएका थिए ।

miss honduras mariya2


  •  
  •  
  •