बीना चार्जर, ब्याट्रीः ब्लुटुथ स्पीकर चल्छ मैनबत्तीबाट

361
  •  
  •  
  •  

काठमाडौ, ११ साउन(एजेन्सी): बिना चार्ज, बिना ब्याट्रीले संगीतको मजा लिन समेत सम्भव भएको छ । इटालीका इन्जिनियर ग्लेनलुका गाम्बाले पेल्टी नामको ब्युटुथ स्पिकर तयार गरेको छ । उक्त स्पिकर मैनबत्तीमार्फत नै उर्जा लिएर काम गर्न सक्छ ।

bluetooth powered by candle fireयसलाई इण्डिगोगो वेबसाइटमार्फत किन्न सकिन्छ । यसको अनलाईन बुकिङ सुरू भइसकेको छ, तर यसको डेलिभरी भने आगामी नोभेम्बरबाट सुरू हुनेछ ।

पेल्टी स्पिकरलाई हातले नै तयार गर्न सकिन्छ । यसको कभर ग्लासले बनेको छ । स्पीकर होल्डर र मैनबत्ती होल्डर सेरेमिकले तयार गरिएको हो । यसलाई फोन या ब्युटुथ, एमपी-थ्री प्लेयरमार्फत कनेक्ट गर्न सकिन्छ । पेल्टीमा तीन इन्चको स्पीकर प्रयोग गरिएको छ ।

पेल्टीलाई पेल्टिएर सिद्धान्तमार्फत यो नाम दिइएको बताइएको छ । यसमा थर्मोइलेक्ट्रिक पेल्टियर जेनेटर प्रयोग गरिएको छ । जुन मैनबत्तीबाट प्राप्त हुने तापबाट करेन्टमा रूपान्तरण गर्छ । जेनेरेटरबाट स्पीकर र ब्युटुथ रिसिभरलाई सिधा पावर सप्लाई मिल्छ र संगीतको मजा लिन सकिन्छ ।


  •  
  •  
  •