निलो टोलीलाई जितका लागि १६४ रनको विजय लक्ष्य

164
  •  
  •  
  •  

Philip cricketकाठमाडौ, २८ चैत(ओएनएस) : बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा अहिले श्रद्धाञ्जलि खेल जारी छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको खेलमा टस हारेर ब्याटिङ थालेको रातो टोलीले निर्धारित ३१ ओभर ३ बलमा आफ्ना ९ विकेट गुमाएर १ सय ६३ रन जोडेपछि निलो टोलीलाई जितका लागि १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रातो टोलीका लागि शरद भेष्वाकरले अर्धशतकीय पारी खेल्दै ५२ रन जोडेका थिए भने अन्य ब्याटस्म्यानको प्रदर्शन उत्कृष्ट रहन सकेन । टोलीका लागि पृथु बास्कोटाले १७ रन, कप्तान रायन कार्टरले १६ रन, परेश लोहनीले १५ रन, सुवास खकुरेलले १४ रन, टिम एण्डरसनले १३ रन र  म्याथु इलियटले १२ रन जोडेका थिए ।

यस्तै, निलो टोलीका लागी सञ्जम रेग्मी र रामनरेश गिरीले समान २-२ विकेट लिएका छन् भने बिनोद दास, करन केसी, पारस खड्का, भुवन कार्कीले समान १-१ विकेट लिएका थिए ।

केहीबेरमा निलो टोलीले लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ ।

ह्युजले आफ्नो अन्तिम टेस्टमा अविजित ६३ रन बनाएकाले दुवै पालीलाई मिलाएर ६३ ओभरको खेल भइरहेको हो । यो खेल नेपाल क्रिकेट संघ क्यानको पहलमा भएको हो ।

खेलमा निलो टोलीको नेतृत्व आफ्नो अन्तिम खेल खेलिरहेका नेपालका पूर्वकप्तान बिनोद दास गरिरहेका छन् भने रातो टोलीको नेतृत्व अष्ट्रेलियाका पूर्व क्रिकेटर रायन कार्टरले गरिरहेका छन् ।

ह्युजले एकदिवसीय अन्तराष्ट्रिय र टेस्टमा लगाउने टिसर्ट र उनले प्रयोग गर्ने ब्याटलाई आरोही दलमार्फत सगरमाथाको चुचुरोमा पुर्याउने पनि कार्यक्रम छ ।


  •  
  •  
  •