सन्नी लियोनको ब्लूफिल्म हेर्थे ओासामा विन लादेनले

207
  •  
  •  
  •  

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका पूर्व प्रमुख ओासामा विन लादेन मारिएको पाकिस्तानको एबटाबादबाट धेरै परिमाणमा पोर्न भिडियोको सिडी बरामद भएको बताइएको छ । एक पुस्तकमा यस कुराको खुलासा भएको दाबी गर्दै भारतीय न्यूज एजेन्सी ‘जी न्यूज’ले यस विषयमा समाचार सम्प्रेषण गरेको छ । 

अमेरिकी नौसेनाको विशेष कारवाहीमा परी लादेन मारिएको स्थानमा भेटिएको पोर्न सिडीमध्ये धेरैजसो पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनको भएको समेत दाबी गरिएको छ । पुस्तकमा लादेनले सनीको पोर्न भिडियो दिनहुँ जस्तो हेर्ने गरेको खुलासा समेत गरिएको जनाएको छ ।

तर, लादेन र सनीबीच वास्तवमै भेटघाट भने कहिल्यैपनि नभएको उल्लेख गरिएको छ । जब सनीसँग लादेनले हेर्ने उनको पोर्न भिडियोको बारेमा जिज्ञाशा राखियो त तब सनीले यो ‘मजाक’ भन्दा बढी केही नभएको भन्दै यस्तो भएको थियो भन्ने विषयमा आफूले सोच्न समेत नसक्ने प्रतिक्रिया दिएकी बताइएको छ ।


  •  
  •  
  •