केटी साथीको अश्लिल भिडियो बनाएपछि……….

201
  •  
  •  
  •  

काठमाडौं १२ असार ।

केटी साथीको अश्लिल भिडियो बनाई चरित्र हत्या गर्ने एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

आफुले भनेको नमानेपछि केटी साथीको अश्लिल भिडियो इन्टरनेट मार्फत सार्बजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिभिन्न अश्लिल वेबसाईटमा भिडियो हालेर चरित्र हत्या गरी मानसिक यातना दिने भारतको दार्जलिङ्ग घर भई हाल काठमाडौं गोगंबु बस्ने २९ वर्षीय बरुण थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

विहीबार टोखा नगरपालिका(१२ गोगंबुबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •