काठमाडौ/माघ(एजेन्सी) : विश्वमा कयौ राम्रा र लोभलाग्दा स्थानहरू छन्, जहाँ पुगेर मानिसहरु स्वर्गमा पुगेको अनुभव गरेको बताउँछन् भने त्यहाँका यादहरू जीवनभरका लागि मनमा संगालेर राख्छन् र आवश्यक परेका बेला त्यहाँको चर्चा गर्न थाक्दैननन् । त्यहाँ गरिएका रमाइला कार्यक्रमहरू तथा बिताएका पलहरूलाई सकेसम्म मनमा यति मजाले संगालेर राख्छन् की उनीहरू कुनै पनि हालतमा ती क्षणका कुनै पल पनि याद नहुन् ।
तर, यो विश्वमा त्यस्ता राम्रा ठाऊँमात्र होइन डरलाग्दा र ज्यानै जान सक्ने खालका स्थानहरू रहेका छन् । ती स्थानहरुमध्ये केही यस्ता स्थानपनि छन् जहाँ जान प्रतिबन्ध नै लगाइएको छ । यस्तै, स्थानमध्येको एक हो जापानको एक झरना जसलाई ब्लडी पोण्ड अर्थात् हत्यारा ताल भन्ने गरिन्छ । जापानको प्रसिद्ध स्थानमा उक्त ताललाई राखिएको छ तर, त्यहाँ जान भने प्रतिबन्ध लगाइएको छ । यो तालको रंग रातो छ भने यसको तापक्रम १ सय ९४ डिग्री फरेनहाइट रहेको छ ।
यो तालमा देखिने रंग रगतजस्तै रातो छ । यसलाई पानी नभनेर रगत नै भन्ने पनि गर्छन् त्यहाँका मानिसहरू । तर, यो ताल यसरी रातो हुनुको कारण फलाम र नुनको मात्रा धेरै भएकाले भएको बताइएको छ । तापक्रम निकै बढी भएकाले पनि त्यहाँ जाँदा मानिसको ज्यान जान सक्ने हुनाले जान प्रतिबन्ध लगाइएको हुन सक्छ ।