‘संविधान संशोधनसँगै नाका खुल्छ’

154
  •  
  •  
  •  

विराटनगर, १९ पुस(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाको विरोधका बाबजुत व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले संविधान संशोधन पारित हुने र नाकाबन्दी पनि खुल्ने दावी गरेका छन् । उनले मधेसी मोर्चाको सहमति नभएपनि संविधान संशोधन विधेयक पारित हुने उनको भनाई थियो ।

मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुरसँगको वार्ता सकारात्मक रहेको बताउँदै प्रचण्डले सीमाङ्कनको विषय तीन महिनासम्मका लागि समझदारीमै थाँति राखिने बताए । उनले भने,‘वार्ता र सहमतिबाटै सबै निकास निस्किन्छ ।’

कांग्रेस, एमाले र एमाओवादीबीच चार बजे बस्ने वैठकले मोर्चासँगको वार्ताका एजेण्डामा सहमति जुटाउने र त्यसपछि तीन दल र मोर्चाबीच निर्णायक वार्ता हुने उनको भनाई थियो । आजको बैठकबाट सबै निकास निस्कने बताउँदै उनले बिस्तारै मधेशको माग समाधानको दिशातर्फ गएको जनताले महशुस गर्ने पनि बताए ।


  •  
  •  
  •