प्रमुख प्रतिपक्ष एमाओवादीद्वारा संसद बैठक अवरुद्ध

122
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी सुरु भएको व्यवस्थापिका संसद प्रमुख प्रतिपक्ष दल एमाओवादीले चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै अवरुद्ध पारेको छ ।

बैठक सुचारु भएपछि सभामुख सुभाव नेम्वाङले एमाओवादी अध्यष पुष्पकमल दाहाललाई बोल्ने समय दिएका थिए । दाहालले बैठकमा सम्बोधन गर्दै सरकारले चार बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सदनको काम अगाडि बढ्न नसक्ने बताएका थिए । एमाओवादीले बैठक अवरोध गरेपछि मधेसी र संघीय समाजवादीलेसमेत आफ्नो सिटबाट उठेका थिए ।


  •  
  •  
  •