यस कारण संसद अबरोध गर्नु पर्यो : दाहाल

382
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : संसदलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान निर्माण गर्ने र शान्ति प्रक्रिर्या पूरा गर्ने उदेश्य, एक अर्कासंग सम्बन्धीत भएकाले ४ बुदेमा हस्ताक्षर गरेको बताए ।

दाहालले राजनीतिक संयन्त्र निर्माण, शान्ति प्रक्रिया र संविधान निर्माण एकअर्काप्रति जोडिएको विषय भएकाले संयन्त्र आवश्यक रहेको बताए । दाहालले चार बुँदेमा तीन बँदा कार्यान्वयन भएपनि राजनीतिक संयन्त्र गठन गर्ने विषयमा सरकार गंभिर नभएको आरोप लगाए ।

‘शान्ति प्रक्रियाकोे सम्बन्धमा टीआरसी बिलप पारित गर्यौं यो उपलव्धी थियो,’ ‘दाहालले भने,’ ‘टीआरसी गठन गर्ने र काम थाल्ने कुरामा खासै प्रगती हुन सकेन ।’ आफूले सदन र प्रमुख दलको बैठकमा पनि टीआरसी गठन नभए अन्य प्रक्रिया अगाडी बढ्न कठिन हुने जानकारी गराएको उल्लेख गर्दै सात दिनमा पुरा हुने काम दुई महिना पुरा भइसक्दासमेत हुन नसकेको बताए । दाहाले सरकारको काम गराईप्रति असन्तुष्टि समेत जनाए । दाहालले सरकारको कामप्रति पनि तीव्र असन्तुष्टि जनाए ।

दाहालले संविधान निर्माणमा बिचित्रको स्थिती सृजना भएको उल्लेख गर्दै अहिलेकै अवस्था रहे कार्यतालिका अनुसार काम नहुने खतार रहेको बताए । उनले चारबुँदेको बिषय भनेको एउटा कार्यतालिका भित्र बनाउने कुरा भएपनि सो अनुसारको काम अगाडि बढ्न नसकेको आरोप लगाए ।

‘संविधानका विवादित विषयलाई अनौपचारिक संयन्त्रमार्फत समाधान गरौं भनेको छौं, दाहालले भने,’ ‘यस्ता वैधाानिक संकट परेको बेला अन्य क्षेत्रमा दुर्घटना हुन सक्छ । अहिले पनि त्यो अस्तव्यस्त छ । शान्ति प्रक्रियालाई वास्तविक टुगोमा पुर्यान एउटा संयन्त्र आवश्यक छ ।’
दाहालले अगाडि भने,’ ‘शान्ति सम्झौतको एकजना हस्ताक्षरकर्ताको हैसियतले प्रष्ट भन्न चाहान्छु भने, शान्ति प्रक्रिया भन्दा बाहिरबाट संविधान बन्दैन । राजनीतिक संयन्त्र भित्र संविधानका अन्तरबस्तु लुकेको जस्तो लाग्छ ।’


  •  
  •  
  •