डाक्टर हुँ भन्दै युवती बलात्कार गर्ने दाेस्राे पटक प्रहरीको फन्दामा

277
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) :अस्पतालमा आमाको उपचार गराउन आएकी युवतीलाई आफू डाक्टर हुँ भन्दै विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने नक्कली डाक्टर प्रहरीको फन्दामा परेका छन्।

चैत ६ गते गंगालाल अस्पतालमा आमाको उपचारको लागि आएकी एक युवतीलाई आफू डाक्टर भएको र आमाको उपचारमा सघाउने भन्दै सम्बन्ध बनाएर बलात्कार गर्ने पाल्पाका अर्जुन कोइरालालाई प्रहरीले दाेस्राे पटक बलात्कारकै अाराेपमा पक्राउ गरेको हो ।

आफ्नो नाम सन्तोष घले बताउँदै गंगालाल अस्पतालका डाक्टरसँग राम्रो चिनजान भएको भन्दै उनले ती युवतीको आमाको उपचारमा सहयोग गर्ने आश्वासन दिदैँ बलात्कार गरेका थिए।

उनले युवतीलाई गेष्ट हाउसमा लगेर घटना सार्वजनिक नगर्न दवाव दिँदै पटक–पटक बलात्कार गरेको युवतीले प्रहरीमा पुगेपछि कोइराला पक्राउ परेका हुन्।
बलात्कारीकै केशमा कोइराला यसअघि नेपाली सेनाबाट बर्खास्त भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •