बग्दादमा तीन बम विस्फोटमा ६ को मृत्यु, १७ घाइते

42
  •  
  •  
  •  

एजेन्सी । इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।
एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए ।
तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।

विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।


  •  
  •  
  •