नाइजेरियामा बम विस्फोट, ३२ को मृत्यु

145
  •  
  •  
  •  

काठमाडौँ, २ मंसिर(एजेन्सी) : नाइजेरियाको उत्तर-पूर्वी योला शहरमा मंगलबार बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । रेड क्रस र राष्ट्रिय सघन व्यवस्थापन संस्था(नेमा)ले यस घटनाको पुष्टी गरेका छन् ।

समाचारमा जनाइए अनुसार राती करिब ८ बजे भएको थियो । यस घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन् । तर, हमलाको तरिकाका कारण यसमा आतंकी संगठन बोको हरामको विस्फोटमा संलग्नता रहेको आंशका गरिएको छ । गत ६ वर्षमा बोको हरामले उत्तर पूर्वी क्षेत्रमा यस्ता आक्रमणबाट हजारौ मानिसको हत्या गरिसकेको छ ।

एक स्थानीयका अनुसार विस्फोट भएको स्थानमा तत्काल उपचार सेवा उपलब्द गराइएको थियो र दुर्घटनास्थलमा करिब ८ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । गत मे मा राष्ट्रपति मोहम्मद बुहारीले सत्ता सम्हालेपछि बोको हरामले नरसंहारको श्रृंखला नै सुरू गरेको छ ।

बोको हरामले वितेका ७ महिनामा १ हजार भन्दा बढी मानिसको हत्या गरिसकेको छ । हाले अक्टुबरमा योलामा एक नवनिर्मित मस्जिदमा विस्फोट गरिएको थियो र ५५ जनाको मृत्यु भएको थियो र १ सय भन्दा बढी घाइते भएका थिए ।


  •  
  •  
  •