सा‌ंसद र मेयरलार्इ फाेन गरी फिराैती माग्ने युवा प्रहरीकाे फन्दामा

1705
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : सा‌ंसद र मेयरलार्इ फाेन गरी फिराैती माग्ने एक युवा प्रहरीकाे फन्दामा परेका छन्।

सर्लाहीकाे हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं र सर्लाही क्षेत्र नं. ४ (क) को विधायक बिरेन्द्र प्र. सिंहलाई फोनबाट पच्चीस लाख रुपैयाँ फिरौती रकम माग गर्ने योजनाको मुख्य योजनाकार प्रमोद बैठालाई प्रहरीले मलङ्ग्वा ८ बाट पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी राजेश थापाले पीडीतले दिएकाे उजुरीकाे अाधारमा २६ वर्षीय बैठालार्इ पक्राउ गरिएकाे बताए। उनले भने,’ सांसद ज्यु र मेयर सँग २५ लाख रुपैयाँ फिरौती रकम माग गरेको तथ्य प्रराम्भिक अनुसन्धानबाट खुलेकाे छ।’

बैठाले आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहको भनेर फिरौती माग्ने गरेको र फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण समेत गर्ने धम्की दिदै आएको मेयर प्रसाईंले बताए ।

बैठा २०७४ फागुन १२ गते राती १ बजेको समयमा हरिवन नपाको वडा नं. ११ घुर्कौली घर भएका वर्ष १८ को महावीर तामाङमाथी भएको गोलि प्रहार घटनामा समेत सन्लग्न रहेकाे प्रहरीकाे दावी छ ।

जिल्ला रौतहट साविक कर्कच कर्मैया वडा नं. ३ हाल देवाही गोनाही नपाको वडा नं. ६ स्थायी ठेगाना भएका बैठा रौतहट मा पनि अपराधिक गतिविधिमा स‌ंलग्न भइ कारागार समेत चलान भएकोले पेशेवर अपराधी हुन ।


  •  
  •  
  •