‘कांग्रेसमा कालो धन बौलायो’

442
  •  
  •  
  •  

20160306_145444काठमाडौँ, २४ फागुन(ओएनएस) : कांग्रेसका नेता–कार्यकर्ताले महाधिवशेनका क्रममा भड्किलो प्रचार गरिरहँदा सुदूरपश्चिमका एक कांग्रेस कार्यकर्ता बहुतै चिन्तित मुडमा देखिन्थे ।

महँगा तुल, ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट, भिजिटिङ कार्डदेखि अडियो, भिजुअल, भाडाका कलाकारदेखि डनहरूले भृकुटीमण्डप ढाकेको थियो । त्यही बीचमा एउटा ख्याउटे तर छरितो ज्यान भएका, चस्मा लगाएका र होचो कद भएका कांग्रेस कार्यकर्ता खिन्नता व्यक्त गर्दै थिए, ‘कांग्रेस त खत्तम भएछ । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्थे, अब कहीँ नभएको जात्रा कांग्रेसमा भन्नुपर्ने भो ।’

किन त ?

‘हेर्नूस्, यिनीहरुको पसिनाको धन भए यसो गर्दैनथे ।’ उनले भुइँभरि छरिएका पर्चा, पम्प्लेट र भिजिटिङ कार्डहरुलाई देखाए । रक्सीले ढुन्मुनिँदै20160306_150746 गरेका कार्यकर्तातिर इंगित गरे । भड्किलो शैलीका प्रचार सामग्रीको झिलिमिलीलाई तिरस्कारपूर्ण हातले औँल्याए ।

उनी रहेछन्, बाजुराका कांग्रेस कार्यकर्ता जनक रोकाया । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेछन् ।

र, उनी भन्दै गए–

‘यो सब कालो धन बौलाएको हो । अवैध स्रोतबाट कमाएको, जनतालाई लुटेको, राज्यलाई ठगेको पैसा हो यो ।’

पार्टीलाई शुद्धीकरण गर्नका लागि यस्तो कालोधनको विरुद्धमा अभियान चलाउनुपर्ने उनको सुझाव थियो ।

‘यहाँ करोडौँ रुपियाँको खोलो बगाइएको छ । बाहिर प्रचार सामग्री छापिँदै छन्, भित्र ल्याएर च्यातिँदै छन् ।’

निषेधित क्षेत्रभित्र प्रचार सामग्री ल्याएपछि प्रहरीले च्यातिदिएको थियो । उनी भन्दै थिए, ‘नीति बनाउने यिनै नेताहरु, आफूले बनाएको कानुन र नीति20160306_145440लाई कुल्चने पनि यिनै । अनि यिनैले विधिको शासनको दुहाई दिन्छन् । कसरी सुशासन हुन्छ ? कसरी देश उँभो लाग्छ ?’

‘नेताहरुका गलत क्रियाकलापका कारण प्रहरीको तैनाथी बढाउनुपरेको छ । अनावश्यक प्रहरी तैनाथी पनि राज्यको स्रोतसाधनको दुरुपयोग हो,’ उनले भने, ‘यिनले त झन् राज्यलाई सहयोग गर्नुपर्ने । प्रहरी चाहिँदैन, हामी आफै सुरक्षा र व्यवस्थापन गर्छौँ भन्नुपर्ने । कार्यकर्तालाई शान्त र धैर्य रहन भन्नुपर्ने । उल्टै प्रहरीको काममाथि काम थप्ने क्रियाकलाप भए । कार्यकर्ताहरुलाई पनि गलत खालको प्रोत्साहन गरिएको देखियो ।’

प्रचारका नाममा गरिएको अनावश्यक खर्च र अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई हित नगर्ने उनको भनाइ थियो । ‘प्रकारान्तरले भ्रष्टाचार बढाउने, कालो धनलाई बढावा दिने खालका गतिविधि भएका छन् यहाँ । बरु यहाँ गरिएको खर्च कुनै गरिब, किसानका छोराछोरीलाई पढाइदिएको भए हुन्थ्यो । दुर्गम गाउँको स्कुललाई दिएको भए हुन्थ्यो ।’20160306_145449

नेताहरूले आफ्नो शक्तिको प्रदर्शन गर्न कालो धनलाई हतियार बनाएको भन्दै उनी निकै आक्रोशित देखिन्थे । उनको भनाइ थियो, ‘हेर, हेर । यो गरिब देश भन्न सुहाउँछ ? यतिको धन कहाँबाट आयो ? देश गरीब, जनता गरीब, अनि नेता मात्रै धनी ?’

यो तडकभडक देखेर आफूलाई बीपी कोइरालाले स्थापना गरेको समाजवादी पार्टी भन्नै लाज लाग्ने अवस्था आएको उनको भनाइ थियो । उनले अगाडि थपे, ‘समाजवादका नारा लगाउने, बीपीका फोटो छाडेर, उनकै फोटालाई कुल्चेर यहाँ भोट मागिँदै छ । योभन्दा अत्यासलाग्दो विकृति–विसंगति अर्को के हुन्छ ?’


  •  
  •  
  •