घुष लिएको आरोपमा भक्तपुर मालपोतका खरिदार पक्राउ

183
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर (ओएनएस)  : अनुसन्धानमा रहेका ब्यक्तिहरुको पोसपोर्ट निकालिदिने सर्तमा घुष लिने एक सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा अनुसन्धानको क्रममा रहेका ६ जना ब्यक्तिहरुको पासपोर्ट निकालि दिने शर्तमा मालपोत कार्यालय भक्तपुरका खरिदार भवकृष्ण भट्टराईले जनहि २०–२० हजार घुष मागेका थिए ।

पोसपोर्ट फिर्ताको लागि २० हजार रुपैयाँ दिएको तर पोसपोर्ट फिर्ता नआएपछि सनम लिम्बुले भट्टाराईबिरुद्ध उजुरी दिएकी थिइन् । उजुरीको आधारमा हानुमान ढोका प्रहरीले भट्टाराईलाई बसन्तपुर नजिकबाट घुष लिएको २० हजारसहित पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।


  •  
  •  
  •