उपचुनावमा भाजपालाई झट्का

131
  •  
  •  
  •  

काठमाडौं १ असोज ।
लोकसभाको ३ तथा विधानसभाको ३३ सिटमा १३ सेप्टेम्बरमा भएको उपचुनाव नतिजामा सत्तारुढ भारतीय जनता पार्टीलाई झट्का लागेको छ। लोकसभाको चुनावमा उत्तर प्रदेश (युपी) बाट ऐतिहासिक जीत हासिल गरेको भाजपाले उपनिर्वाचनमा लज्जाजनक पराजय ब्यहोरेको हो।

 ११ सिटका लागि युपीमा भएको उपचुनावमा भाजपाले केवल ३ सिटमा जित हात पारेको छ। बाँकी ८ सिटमा समाजवादी पार्टीले जितेको छ। भाजपाले नोएडा, लखनउ तथा सहरानपुरको सिट जितेको हो। लखनउबाट पूर्व सांसद लालजी टंडनका छोरा गोपाल टंडन विजयी भएका छन्।

समाजवादी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट विजयी भएको निर्वाचन क्षेत्र नजिकको लोहनिया क्षेत्रबाट विजय भएको छ। सो क्षेत्रबाट क्षेत्रबाट यसअघि केन्द्रीय मन्त्री उमा भारतीले जित्ने गर्थिन्।
राजस्थानमा पनि भाजपाको खराव अवस्था छ। त्यहाँ ४ सिट मध्ये ३ सिट कांग्रेसले जितेको छ। भाजपा १ सिटमा सिमित भएको छ।
जयपुरमा भाजपाका सन्दीप शर्माले १ सिट जितेका छन्। अन्य तीन सुरजगढ, नसिरावाद र वैरमा कांग्रेस आएको छ। विधानसभा चुनावमा २०० मध्ये १६३ सिट र मे मा भएको लोकसभा चुनावमा सबै २५ सिटमा विजयी हुने भाजपाको लागि नतिजा निराशाजनक भएको छ।
सुरजगडको सिट भाजपाको लागि प्रतिष्ठा पनि थियो। यहाँ पूर्व स्वास्थ मन्त्री दिगम्वर सिंह चुनाव लडेका थिए तर कांग्रेसका श्रवण कुमारले विजय प्राप्त गरे।
गुजरातमा राज्यका ९ सिट मध्ये ६ सिटमा भाजपा २ मा कांग्रेसले जितिसकेको छ। र बाँकी १ सिटमा पनि कांग्रेस अघि छ। पश्चिम बंगालमा तृणमुल कांग्रेस र भाजपाले १-१ सिट जितेका छन्। जवकि असामका तीनै सिटमा एआईयूडीएफका उम्मेद्वार अघि छन्। नागरिकबाट


  •  
  •  
  •