नेपाललाई हिन्दु राष्ट्र बनाउन बिजेपी नेता सक्रिय

208
  •  
  •  
  •  

RENU-DEVI-BJPकाठमाडौ,  ४ फागुन (ओएनएस) : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) का नेताहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने भन्दै अभिव्यक्ति दिएका छन् । सत्तारुढ भारतीय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतृत्वमा नेपाल आएका भाजपाका शीर्ष नेतृत्वले नेपाललाई हिन्दु राष्ट्र कायम गरिपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्षता राष्ट्रको रुपमा परिभाषित गरेको बेला बिजेपीका नेताहरुको भनाईले विवाद जन्माउने संकेत गरेको छ ।

शिवरात्रीको पूर्वसन्धयामा सोमबार पशुपति क्षेत्रस्थित नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा आयोजित समरोहलाई सम्बोधन गर्दे सत्तारुढ बिजेपी का केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको नेपालबाट हिन्दु राष्ट्र हटाउन षड्यन्त्र भएको र त्यसलाई कुनै पनि हालतमा हटन नदिने बताईन् ।

नेपाल भारत दुई देशको सम्बन्ध वर्षैदेखि प्रगाढ रहेको भन्दै पछिल्लो समयमा दुई देशको सम्बन्ध अझ परिस्कृत हुदै गएको बताइन् । उनले दुई देशको विकासमा सधै सँगैसँगै हातमालो गरेर अघि बढनुको विकल्प नभएकोमा समेत जोड दिइन् ।

कार्यक्रममा अन्य भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले पनि नेपालमा सनातन हिन्दु राष्ट्र कायमै रहनु पर्नेमा जोड थिएका थिए । उनीहरुले नेपालमा हिन्दु शक्ति कमजोर भए त्यसको असर भारत समेत पर्ने भएको हुँदा नेपाल हिन्दु राष्ट्र हुनेमा कुनै शंका नरहेको भनाई थियो ।

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेर हिन्दु धर्मालम्बीमाथि अन्याय भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र सापेक्ष मुलुक बनाउनु पर्नेमा दिए ।
राप्रपाका नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्नेमा जोड दिदै धर्म निरपेक्ष हुन नसक्ने भनाई थियो ।

सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतृत्वमा वरिष्ठ नेता बिजय जोली, बिहार बिधानसभा सदस्य प्रमोद कुमार, सचिन्द्रप्रसाद सिंह, झारखण्ड बिधानसभा सदस्य डाक्टर जिशिराम मला लगायतका उच्चस्तरीय नेताहरुले सम्बोधन गरेका थिए ।


  •  
  •  
  •