मोदीको गृहप्रदेशमा विजेपीलाई कांग्रेसको टक्कर

386
  •  
  •  
  •  

नयाँ दिल्ली, ३ पुस :  भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । गणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

मत गणनास्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ । विजेपीलाई भारतीय राष्ट्रिय काँग्रेसले पछ्याइरहेको छ ।

तर गुजरातको यस निर्वाचनलाई काँग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो ।

यहाँ काँग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको काँग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ ।

मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ । उसले ९९ स्थानमा अग्रता लिएको छ ।

काँग्रेसले पनि ७४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ९ स्थानमा अग्रता कायम गरेका छन् ।

हालैमात्र भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका थिए । उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो ।

कतिपय विश्लेषकहरुले भारतमा काँग्रेसको पुनरागमनको सङ्केत भनेका छन् । तर, हिमाञ्चल प्रदेशमा भने काँग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र काँग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो ।


  •  
  •  
  •