वकिलहरुले पूर्वसांसदलार्इ नाङ्गै बनाएर कुटे

167
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।

भारतको लखनउमा एक पूर्व सांसदलार्इ वकिलहरुको समूहले नाङ्गै बनाएर कुटपिट गरेका छन् । समाजवादी पार्टीका पूर्व सांसद बनबारी लाल कन्छललार्इ वकिलहरुको समूहले कुटपिट गरी नाङ्गै बनाएर सहर समेत घुमाएका छन् ।

पेशीका लागि अदालतमा पुगेका कन्छललार्इ अदालत परिसरमै वकिलहरुको समूह जाइ लागेका थिए । करिब १५ जना वकिलहरुको समूहले नियन्त्रणमा लिएर पूर्व सांसद कन्छलको धुलार्इ गरेका थिए ।

कुटपिट गरेपछि वकिलहरुको समूहले कन्छलको शरीरको कपडा च्यातिदिएर निर्बस्त्र बनार्इ सहरमा घुमाएका थिए । समाचार अनुसार सम्पत्तिको विवादमा कन्छलसँग वकिलहरुको विवाद चलिरहेको थियो ।

 
वकिलले कुटपिट गरी नाङ्गै सहर घुमाइएका सा‍सद
सोही शिलशिलामा अदालतमा कानुनी परामर्शका लागि पुगेका कन्छललार्इ घेरेर कुटपिट गर्दै सडकसम्म पुर्याएका थिए । वकिलहरुले कन्छलको कपडा च्यातिदिएर उनलार्इ रिक्सामा समेत बस्न दिएनन् ।

वकिलहरुले कुटपिट गरी लखेट्दै कन्छललार्इ सहर घुमाएका थिए । अदालत परिसरमै वकिलहरु गुन्डागर्दीमा उत्रेको देखेर सर्वसाधरण अचम्मित भएका थिए । कन्छलले आफूमाथि भएको कुटपिटबारे प्रहरीमा जाहेरी दर्ता गराएका छन् । यो घटनाको प्रहरीले छानबिन थालेको छ ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •