लोग्ने र जेठाजुको कुटाइबाट आईसीयूमा

514
  •  
  •  
  •  

काठमाडौं ३ पस ।
पति र जेठाजुको कुटाईबाट भक्तपुर सुर्यबिनायककी एक महिला अस्पताल भर्ना भएकी छन् । एघार बर्षअघि बिहे गरेकी २९ वर्षीया शर्मिला गाइजु गोठेलाई उनका पति सनिल गोठे र जेठाजु अनिलले मरणाशन्न हुने गरि कुटेपछि अस्पताल भर्ना भएकी हुन् । महानगरीय प्रहरी बृत्त जगातीले पिडक दुवै जनालाई पक्राउ गरेको छ । बृत प्रमुख नायब उपरिक्षक किरणा राणाले उजुरी परेपछि दुई जनालाई पक्राउ गरेको पुष्टि गरिन् ।

गोठेद्वयलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सार्वजानिक अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ । कुटपिटबाट घाईते शर्मिलाको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ । १० वर्षीय छोरीले स्कुलमा खाजा राखेर पठाएको टिफिन बट्टा हराएको बिषयमा कुटपिट भएको पिडीतका माईती पक्षले जनाएका छन् । सर्मिला र सनिलले एक बर्षको प्रेम सम्बन्धपछि बिबाह गरेका थिए । तर सनिलको परिवारले उनलाई स्विकार नगरेको माईती पक्षले आरोप लगाएको छ ।

अस्पतालको बेडमा सुतेकी उनको टाउको र शरिरका बिभिन्न भागमा चोट छ । उनको उपचार गरिरहेकेा डाक्टर रामकृष्ण श्रेष्ठले कुटपिटबाट गम्भीर चोट लागेको बताए । उनका अनुसार टाउकोमा लागेको चोट गम्भीर हो ।

सर्मिलाले बिहेपछि नै पतिको परिवारले मन नपराएको भन्दै गुनासो पोखिन् । ‘प्रेम बिबाह गरेर उसको घर पुग्दा कसैले स्विकारेनन्’ उनले भनिन्, ‘अरुको कुरा सुनेर लोग्नेले पनि साथ छोड्यो ।’ उनका अनुसार बिबाहको ३ महिनादेखी नै पतिले पनि कुटपिट गर्न थालेको हो । ‘विवाह भएको तीन महिनादेखि सनिलले पनि कुट्न र तिरस्कार गर्न थाल्यो’, उनले रुँदै भनिन्- ,’छोरी जन्मिदा समेत केही वास्ता गरेन ।’
कान्तिपुरबाट


  •  
  •  
  •