विश्व क्रिकेटमा स्कटल्याण्ड विजयी, नेपाल ९ विकेटले पराजित

106
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित भएको छ । शुक्रबारको खेल वर्षाले प्रभावित भएपछि शनिबार भएको खेलमा ९ विकेटले नेपाल पराजित भएको हो ।

शनिबार भएको खेलमा रेजर्भ डे म्याच भएको थियो । डक वर्थ लुइस पद्धतिका आधारमा २२ ओभरमा ११० रनको लक्ष्य पाएको स्केटल्याण्डले १.४ ओभरमा १५ रन बनाए पछि खेल रोकिएको थियो । त्यसअघि खेल्न थालेको स्कटल्याण्डले १४ औं ओभरमा मात्र १ विकेट गुमाएर अघि बढेको थियो ।  खेलमा सोमपाल कामीले मात्र एक विकेट गरे ।

खेलको सुरुवातमा ब्याटिङ गरेको नेपालले खराब प्रस्तुत गरेका थियो । ओपनर महेश क्षेत्री ३ र अनिल मण्डल ९ रनमा आउट भएका थिए ।
ज्ञानेन्द्र मल्ल १६ र कप्तान पारस खड्का १० आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाएको थियो ।
शरद भेसवाकरले प्रदिप ऐरीसँग ३३ रनको साझेदारी गरेको थिए भने प्रदिप १६ रनमा आउट भए । शरद र पृथु बास्कोटाले २० रनको साझेदारी गरेका थिए । शरद ३० रनमा आउट भए ।

तल्लो क्रममा खेलेर बसन्त रेग्मीले १९ र अभिनाश कर्णले १७ रनको योगदान दिए । सोमपाल कामी ७ रनमा आउट भए भने शक्ति गौचन ७ रनमा अविजित रहे ।


  •  
  •  
  •