प्रदेश ५ : मुख्यमन्त्री पोखरेलले फागुन २७ मा विश्वासको मत लिने

424
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (ओएनएस) : प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल फागुन २७ मा विश्वासको मत लिने तयारीमा छन्।

फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका पोखरेलले २४ दिनपछि विश्वासको मत लिन लगागेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक प्रावधान छ ।

सोमबार बसेको मन्त्री परिषदको तेश्रो बैठकले फागुन २७ गते मुख्यमन्त्री पोखरेलले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेको हो।

यस्तै फागुन २७ गते बस्ने तेश्रो बैठकमा प्रदेश आर्थिक कार्यविधि, स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धी विधेयक पेश गर्ने तयारी रहेको प्रदेश कार्यालयको सचिवालयले जनाएको छ।


  •  
  •  
  •