प्रधानमन्त्री ओली दुईतिहाई भन्दा बढी विश्वासको मत प्राप्त गर्दै बने शक्तिशाली प्रधानमन्त्री

243
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। संसदमा प्रधानमन्त्री ओलीलाई दुईतिहाई भन्दा बढी विश्वासको मत प्राप्त गर्दै शक्तिशाली प्रधानमन्त्री बनेका छन्।२ सय ७५ सांसदमध्ये आज २ सय ६८ सांसदकाे संसद भवनमा उपस्थित रहेकाे थियाे ।  प्रधानमन्त्री ओलीकाे पक्षमा २ सय ८ मत खसेकाे छ भने विपक्षमा ६० मत खसेको छ ।

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका साथै, स्वतन्त्र सांसद छक्कबहादुर लामा, जनमोर्चाकी दूर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेन लगायतको समर्थन रहेको छ ।

कांग्रेस र नेमकिपाले विपक्षमा मतदान गर्दा नयाँ शक्तिका स्वतन्त्र सांसद बाबुराम भट्टराई भने अनुपस्थित थिए।

यसअघि, एमाले नेता माधवकुमार नेपालले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए। त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका दलले समर्थन गरेका थिए।

प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई समेत विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता संसद् बैठकमा दोहोर्‍याएका थिए


  •  
  •  
  •