काठमाडौं १ वैशाख (ओएनएस) : नयाँ बर्ष २०७२ लाई कसरी मनाउने रु घर, कार्यालय, समूह–समूहमा योजना बन्न थालेका छन् । तर, काठमाडौंमा रहेका सुदूरपश्चिमेलीले भने फरक किसिमले नयाँ बर्ष मनाउने भएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक स्वरुपका विषयमा जानकारी दिन नयाँ बर्षको पहिलो दिन काठमाडौंमा विषेश कार्यक्रम गरिने भएको छ । राजधानीमा सुदूरपश्चिमाञ्चल सांस्कृतिक झलक सहित वैशाख १ गते विषु पर्व मनाउन लागिएको हो । सुदूरपश्चिमाञ्चल लोक सांस्कृतिक संरक्षण मञ्च नेपालले गर्न लागेको विषेश सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका कला सस्कृतिको बारेमा जानकारी गराइनेछ । कार्यक्रम दिउँसो १ बजेबाट राष्ट्रिय नाचघर जमलमा सुरु हुनेछ ।
‘कार्यक्रममा सुदूरपश्चिमका लोक संस्कृति, जाती भेषभुषाको प्रर्दशनी गर्ने मञ्चका अध्यक्ष एमाले वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए ।
कार्यक्रममा भुवा नाच, होरी नाच, गौरा नाच महोत्सवको मुख्य आकर्षण रहने छ । सुदूरपश्चिमको पहाडी जिल्लामा लोकप्रीय पुताला, हुड्कजस्ता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको भरपुर प्रस्तुती रहनेछ ।
कार्यक्रममा प्रमुख अतिथि भीम रावललाई सिस्नु पानी लगाएर उदघाटन गरिनेछ । महोत्सवमा कमल वली, बद्री पंगेनी लगायतका राष्ट्रिय गायकगायिकाको पनि प्रस्तुती रहनेछ । सुदूरपश्चिमका कला संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा रुपान्तरण गर्न काठमाडौंमा विषेश कार्यक्रम गर्न लागेको कार्यक्रममा संयोजक झपट रावलले बताए ।