विस्फोटक पदार्थसहित पक्राउ

295
  •  
  •  
  •  

झापा, ११ चैत(ओएनएस) : भारतबाट विस्फोटक पदार्थ नेपाल ल्याउँदै गरेको अवस्थामा एक नेपाली युवक पक्राउ परेको छ ।

फाइल तस्बिर

पक्राउ पर्नेमा म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय चिरन रोक्का रहेका छन् ।

भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ लैजान लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको आधारमा सीमामा तैनाथ भारतीय एसएसबी ४१ बटालियन टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

एसएसबीले रोक्का साथबाट नियोगेल ९० (एक्सप्लोसिव क्लास टु) र ३५५ नम्बर इलेक्ट्रोनिक्स डेटोनेटर बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

घटना विवरण अनुसार विगत सात वर्षदेखि आसाम सिलंगको कोइला खानीमा काम गर्दै आइरहेका रोक्का गत चैत ५ गते नेपालबाट भारत गएका थिए ।

सिलगुडी हुँदै सिलंग पुगेका रोक्काले त्यहाँ गएर मेघालय निवासी मन्त्री भन्ने व्यक्तिबाट सात हजार पाँच भारतीय रुपैयाँमा उक्त विस्फोटक पदार्थ खरिद गरेका थिए ।


  •  
  •  
  •