विस्फोटले तहसनहस बेइरुत(फोटो फिचर)

कम्तीमा एक सय जनाको मृत्यु, चार हजारबढी घाइते
169
  •  
  •  
  •  

एजेन्सी । लेबनानको राजधानी बेइरुतमा ठूलो विस्फोट हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने चार हजार भन्दा बढी घाइते भएका छन् ।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको हो । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्।
अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले “खतरनाक गोदाम” बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि ठूलो विस्फोटन भएको हो ।

हालैका दिनमा लेबननमा सरकारले सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयताको सबभन्दा खराब आर्थिक सङ्कटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सडक प्रदर्शन भएका थिए।

राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।


  •  
  •  
  •