आत्मघाती बम विस्फोटमा १० जनाको मृत्यु

82
  •  
  •  
  •  

एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १० जनाको ज्यान गएको छ ।

धार्मिक जुलुसलाई लक्षित गरेर गराइएको बम विस्फोटमा २५ जना घाइते भएका छन् । बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले निकालेको अहि सुन्नत वाल जम्मतको धार्मिक र्‍यालीमा विस्फोट गराइएको हो ।

मोटर साइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी कुनै समूहले पनि लिएको छैन ।

जम्मत निकट सुन्नी मुस्लिम राजनीतिक दलले शिया समुदायलाई गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा शियाको छ ।


  •  
  •  
  •