चीनमा खानीमा विस्फोट हुँदा चौधको मृत्यु

635
  •  
  •  
  •  

एजेन्सी । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलबार विस्फोट भएको छ ।

विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् ।

मंगलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुदै आएका छन् ।


  •  
  •  
  •