चुनावीसभा नजिकै बम विष्फोट

33
  •  
  •  
  •  

पोखरा । पोखरामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको चुनावीसभा नजिकै बम विष्फोट भएको छ ।

प्रतिकात्मक तस्बिर

बुधबार दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएको हो । पोखरा–९ स्थित नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको थियो ।

सभामा होहल्ला र भागदौड मच्चिन थालेपछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा सञ्चालन भएको थियो ।

विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको बम विस्फोट गराइएको बारे केही जानकारी गराएको छैन् ।
चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरा पुगेका छन् ।


  •  
  •  
  •