पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ को मृत्यु

241
  •  
  •  
  •  

एजेन्सी । भारतमा एक पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ ।
पञ्जाब गुरदासपुरको बटालामा रहेको पटाका कारखानामा बिस्फोट भएको हो ।

बुधबार भएको बिस्फोटका कारण भवन भत्किएको छ । घटनामा अन्य घाइते भएका छन् । पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।
अमृतसर मेडिकल कलेजमा उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ ।

एएफसी फुटसल च्याम्पियनसका लागि २५ खेलाडी छनोट गरेको छ । पहिलो चरणमा ३७ खेलाडी बोलाएकोमा त्यसलाइ २५ मा झारीएको छ। अखिल नेपाल फुटबल संघको फुटसल समितीले पहिलो चरणमा बोलाइएका खेलाडी यसप्रहार रहेका छन ।


  •  
  •  
  •