कार बम विस्फोटमा चारको मृत्यु

333
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा कार बम बिस्फोट भएको छ ।  शुक्रबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिए ।

घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ ।  स्थानीय समय अनुसार बिहान ८.४० मा भएको उक्त घटनाका घाइतेको उद्धार कार्य जारी रहेको बताइएको छ ।

निकै शक्तिशाली बम बिस्फोट भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने प्रवक्ता राहिमीको भनाइ छ ।
विगत दुई दिनभित्र काबुलमा बिस्फोट गराइएको यो दोस्रो घटना हो ।

बिहीबार सैनिक कलेजलाई लक्षित गरी भएको बिस्फोटमा सात जनाको ज्यान जानुका साथै अरु ६ जना घाइते भएका थिए । उक्त दुबै घटनाको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।


  •  
  •  
  •