श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटको नेपालद्वारा भत्सना

358
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको बताएका छन् ।


ओलीले ट्विट गर्दै श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
आइतबार बिहान राजधानी कोलोम्बोका विभिन्न स्थानमा रहेका चर्च र होटलमा ७ वटा शृंखलाबद्ध विस्फोट भएका थिए ।
यसैबीच घटनाप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कुनै पनि स्वरुपको आतंकवादको नेपालले भत्सना गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ज्ञवालीले नेपाल र नेपाल सरकारका तर्फबाट मृतकका परिवार, श्रीलंका र त्यहाँका जनताप्रति सहानुभूतिसमेत प्रकट गरेका छन् । आइतबार बिहान राजधानी कोलोम्बोका विभिन्न स्थानमा रहेका ३ गिर्जाघर र ३ होटलमा ६ वटा शृंखलाबद्ध विस्फोटमा १ सय ३९ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।

घटनापछि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।


  •  
  •  
  •