श्रीलंकामा गिर्जाघर र होटलमा श्रृंखलावद्ध विस्फोट

372
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकामा इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा श्रृंखलावद्ध विस्फोट भएको छ । बम विस्फोटन कैयौँ मानिसहरू हताहत भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

गिर्जाघरहरूमा इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा विस्फोट भएको हो । बीबीसी सिन्हलाका अनुसार घटनामा कैयौँ मानिसहरू हताहत भएका छन् गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ वटा विस्फोटन भएको बताइएको छ ।

नाम उद्धृत नगरिएको एक स्रोतले समाचारसंस्था एएफपीलाई कम्तीमा ८० जना घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना भएका छन् ।


  •  
  •  
  •