चितवनका दुई स्थानमा विष्फोट

446
  •  
  •  
  •  

चितवन, ५ वैशाख(ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’समूहको नेपाल बन्दका क्रममा चितवनका दुई स्थानमा विष्फोट भएको छ ।

 

बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ ।

खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताए । बन्दको प्रभाव जिल्लामा परेको छ

बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधन म्याजिक, भ्यान, अटो रिक्सा, इ(रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन् ।


  •  
  •  
  •