विस्फोटमा घाइते सैनिकलाई काठमाडौं ल्याइयो

382
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएनएस) : नेत्रविक्रम चन्द्र (विप्लव) समूहद्वारा पोखरामा राखिएको बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापा घाइते भएका थिए ।  उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो ।
नेत्रविक्रम चन्द (विप्लव) समूहले पोखराको नदीपुरस्थित प्रदेशसभा नजिकको सडकको छेउमा सो बम राखेको थियो ।


  •  
  •  
  •