धनुषामा ३ वटा सुतली बम विष्फोट

766
  •  
  •  
  •  

जनकपुर, २४ चैत (ओएनएस) : धनुषाको धनुषाधाम नगरपालिका –५ मा ३ वटा सुतली बम विष्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार साँझ खेतमा गाडेर राखिएको अवस्थामा रहेको उक्त सुतली बम बिस्फोट भएको हो ।

वडा कार्यलयभन्दा ५ सय मिटरको दुरीमा रहेको खेतमा बम बिस्फोट भएको इन्सपेक्टर यादवले जानकारी दिएका छन् ।

उनका अनुसार खेतमा ट्याक्टरले जोतिरहेको बेला ट्याक्टर बम गाडिएको ठाउँ हुँदै गुज्रिएको बेला विष्फोट भएको उनले बताए ।

इप्रकाले जनाएअनुसार ज १ त ९८८२ नम्बरको ट्याकटरले खेत जोतिरहेका बेला बम विष्फोट भएको थियो ।

बम कमसल रहेकोले बिस्फोटबाट कुनै क्षति नभएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


  •  
  •  
  •