विस्फोट आठ सर्वसाधारण घाइते

440
  •  
  •  
  •  

जलालाबाद (सिन्ह्वा) : अफगानिस्तानस्थित पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा रहेको स्वास्थ्य शिविर नजिकै सोमबार विस्फोट भएको छ ।

विस्फोटमा कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
घाइते मध्ये तीन बालबालिका र तीन महिला रहेका छन् ।

प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको छ ।

यस विस्फोट कुन उद्देश्यले गराइएको हो सो प्रष्ट नभएको तर अनुसन्धानरत रहेको खोग्यानीले बताएका छन् ।


  •  
  •  
  •