नेपाल प्रहरीको एआईजीमा पोख्रेल सिफारिस

80
  •  
  •  
  •  

काठमाडौंं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ। गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ ।


  •  
  •  
  •