एकदिवसीय विश्वकप क्रिकेट : भारतको लगातार दोस्रो जित

78
  •  
  •  
  •  

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबारराति भएको खेलमा भारतले साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै जित निकालेको हो ।
३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटिएको थियो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि जित्नभने सकेन् ।
भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले तीन–तीन विकेट लिएका थिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो । भारतका शिखर धवनले १ सय १७ रन बनाए । यस्तै कप्तान विराट कोहली ८२ र रोहित शर्माले ५७ रनको योगादान दिएका थिए ।


  •  
  •  
  •